“रेशम चौधरीलाई आममाफी दिनु अदालतमाथिको बलमिच्याइँ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयका विरोध गरेका छन् ।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अदालतले गरेको फैसलाको पूर्ण पाठ नै नआउँदै माफी दिनु अदालतमाथिको बलमिच्याइँ भएको बताए ।

महामन्त्री थापाले भने, “अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनी बन्दोबस्त छ । त्यो कानुनको प्रबन्ध भन्दा बाहिर कोहीपनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो । राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुनको शासन मात्रै हुन्छ ।”
उनले अगाडि भने, “पार्टीमा अहिले देखिएको निराशाको कारण सबै कुरा सरकार र सत्ता हो भन्ने ठानिनु रहेको छ । सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो । गल्ती जहाँबाट भएको छ, सच्याउने काम त्यहीँबाट गर्नुपर्छ।”
‘फरक मत राखियो तर पार्टीको बहुमतले गरेको निर्णय भनेर मानियो,’ उनले भने, ‘अब मानिन्नँ, अब लडिन्छ। कांग्रेसले गरेका गल्ती स्वीकार गर्दै, जनतासँग माफी माग्दै कांग्रेसले घोषणा गर्नुपर्छ- चुनाव हारे हारिन्छ। जीवनमा कुनै पार्टीसँग चुनावमा गठबन्धन गर्दैन। तीन पटक चुनाव हारे हारिन्छ। भुइँमा बस्नु परे बसौंला।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर