अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक, यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो

काठमाडौं । अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।

अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई समेत तुरुन्तै राहत दिन्छ ।

अनारले किड्नीको फिल्टरलाई रक्षा गर्न मद्दत गर्छ । फिल्टरले शरीरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँन सहयोग गर्छ ।

अनार एन्टिअक्सिडियन्टयुक्त फल भएकाले यसले यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ । अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।

अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।

यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन ‘सि’ले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।

अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्व भएका कारणले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।

अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।

अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । यस्तै चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट पनि बचाँउछ ।

नियमित रूपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ भने अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर