पुटिनसँग भेट्न गएका बेलारुसका राष्ट्रपति अचानक बिरामी, विष खुवाएको हुन सक्ने विश्वभर चर्चा

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को गम्भीर अवस्थामा मस्कोको अस्पतालमा भर्ना भएका छन् । लुकासेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए तर पुटिनसँगको भेटपछि उनको स्वास्थ्य बिग्रिएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

बेलारुसका विपक्षी नेता भ्यालेरी सेपकालोले लुकासेन्कोलाई स्वास्थ्यमा समस्या आएपछि मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा भर्ना गरिएको बताए । लुकासेन्को र पुटिनबीच बन्द कोठामा कुराकानी भएको र त्यसपछि लुकासेन्कोको स्वास्थ्य बिग्रिएको उनले बताए । लुकासेन्कोको रुसका शीर्ष डाक्टरहरूले उपचार गरिरहेको तर उनको अवस्था गम्भीर रहेको सेपकालोले बताए ।

लुकासेन्कोको रगत सफा गर्ने प्रक्रिया भइरहेको सेपकालोले जानकारी दिए । स्वास्थ्य विशेषज्ञहरू सामान्यतयाः रगत सफा गर्ने प्रक्रिया शरीरमा विष पुगे पछि गरिन्छ। यही कारणले लुकासेन्कोलाई विष खुवाएको हुन सक्ने चर्चा चलिरहेको छ । यद्यपि यसबारे आधिकारिक रुपमा केही भनिएको छैन ।
बेलारुसका राष्ट्रपति लुकासेन्कोलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिक मानिन्छ । यसअघि लुकासेन्कोले रुसको विजय दिवस परेडमा पनि भाग लिएका थिए । यद्यपि परेड सकिएलगत्तै उनी स्वदेश प्रस्थान गरेका थिए । लुकासेन्कोको स्वास्थ्य पनि लामो समयदेखि नाजुक बन्दै गएको छ । यद्यपि लुकासेन्कोले सबै ठीक छ र चाँडै निको हुने दाबी गरेका छन् ।
लुकासेन्कोले आइतबार एक रुसी मिडिया च्यानलसँगको अन्तर्वार्तामा बेलारुस र रुसको संघ राज्यमा आउने देशलाई आणविक हतियार दिइने बताए । यसअघि बिहीबार लुकासेन्कोले पनि रुसबाट केही रणनीतिक रूपमा महत्वपूर्ण आणविक हतियार हस्तान्तरण सुरु भएको दाबी गरेका थिए । यस सम्बन्धमा दुई देशबीच सम्झौता पनि भएको छ । (एजेन्सी)(तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर