बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकाल्यो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले दुई तथा गाभीले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा अमाथ एनडीएले रातो कार्ड पाएपछि मालोर्का १० खेलाडीमा समेटियो ।

खेलको २४ औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३७ खेलमा ८८ अंक जोड्यो ।

मालोर्का ४७ अंक जोडेर १२ औं स्थानमा रह्यो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर