आज करिब १७ खर्बको बजेट सार्वजनिक गरिँदै

काठमाडौं। आर्थिक वर्ष २०८०–८१ को आयव्ययको विवरण (बजेट) आज संसदमा सार्वजनिक हुँदैछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने बताइएको छ ।
राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन्।
बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गरेका छन् ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो। त्यस्तै बजेटमार्फत कतिपय चालू खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदैछ। बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर