देश र जनतालाई ध्यानमा राखेर बजेट ल्याउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

संघीय संसद भवन परिसरमा आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, “बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने र बजेट कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने छ । अर्थमन्त्री महतले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए ।

अर्थमन्त्री महतले भने, ‘‘समग्र जनता र देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौं। कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। जतिसुकै राम्रा कुराहरु भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौं भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ ? त्यसलाई हामी महत्त्व दिन्छौं।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर