रियलले सेभियालाई २-१ गोल अन्तरले हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले जित निकालेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले हराएको हो ।

रियलले एक गोलको अग्रता उल्टाएर १० खेलाडीमा समेटिएको सेभियालाई हराएको हो ।

खेलको तेस्रो मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

खेलको ८३ औं मिनेटमा मार्कुस अकुनाले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियलले ३७ खेलमा ७७ अंक जोड्यो । रियलले दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

सेभिया ४९ अंक जोडेर दशौँ स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर