नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त छलफल गर्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालले प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभामा सरकारको वार्षक नीति तथा कार्यक्रमाथि छलफलका क्रममा शनिबार सांसदहरूले उठाइएका प्रश्नहरूको जवाफदिँदै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे । उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भीररूपले ध्यान गएको छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन् । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ र निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एअर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताए । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने पनि बताए । उनले सो अवसरमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भन्, “नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन”, उहाँले भन्नुभयो, “विधेयक उत्पत्ति भएको मन्त्रिपरिषद्बाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर