हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जिते

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।

हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् ।

हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड पहिलो खेलाडी बनेका छन् ।

२२ वर्षीय फरवार्डले यस सिजन प्रिमियर लिगमा ३६ गोल गरेका थिए । सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हालाण्डले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर