रवि लामिछानेलाई मुद्दा हाल्ने अधिवक्ता युवराज सफल नयाँ बानेश्वरमा कुटिए

काठमाडौं । अधिवक्ता युवराज सफलमाथि काठमाडौंको नयाँ बानेश्वरमा कुटपिट भएको छ । सोम शर्मा र विप्लव खड्कालगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए । आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर