जहाजमा चरा ठोकिएको अनुमान

काठमाडौं । काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ। एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो। जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर