कांग्रेस पार्टी आलोचनाबाट नडराउने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न उत्साह बढाउने र समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क छ ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याए । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले यसलालाई सबैले बुझेर अघि बढनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर