भारतलाई नाटो प्लसमा समावेश गर्न सिफारिस

काठमाडौं । अमेरिकी कांग्रेसको एक समितिले भारतलाई नाटो प्लसको हिस्सा बनाउन बाइडेन सरकारलाई सिफारिस गरेको छ। समितिले भारतको समावेशीकरणले नाटो प्लस बलियो हुने बताएको छ ।

नाटो प्लस विश्वव्यापी रक्षा सहयोग प्रवर्द्धन गर्न डिजाइन गरिएको सुरक्षा प्रणाली हो। यो पाँच देशबीचको गठबन्धन हो । यी देशहरू अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, इजरायल र दक्षिण कोरिया हुन्। नाटो प्लसको छैटौं भाग भारतलाई बनाइदिए यी देशहरूबीच जासूसी सूचना आदान प्रदान गर्ने सुविधा हुने बताइएको छ । साथै, यदि भारतलाई नाटो प्लसमा समावेश गरियो भने, देशलाई रक्षा र सुरक्षाका लागि अमेरिकासँग सजिलैसँग जोड्न सकिन्छ।

संयुक्त राज्य अमेरिका र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बीचको रणनीतिक प्रतिस्पर्धासम्बन्धी सदस्य चयन समितिका, अध्यक्ष माइक गालाघर र सदस्य राजा कृष्णमूर्तिको नेतृत्वमा नाटोलाई बलियो बनाउन भारतलाई समेत समावेश गरी ताइवानको क्षमता वृद्धि गर्न खोजेको थियो। चीनको कम्युनिष्ट पार्टीसँग रणनीतिक प्रतिस्पर्धा जित्न र ताइवानको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले भारतसँगको सम्बन्धलाई बलियो बनाउन आवश्यक छ, समितिले सिफारिस गरेको छ।

समितिले भारतलाई नाटो प्लसको हिस्सा बनाएमा विश्व सुरक्षा सुदृढीकरणसँगै इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आक्रामकता रोक्न अमेरिका र भारतबीचको घनिष्ठ साझेदारी बढ्ने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को महिना अमेरिका भ्रमणमा जाँदैछन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर