प्रतिनिधिसभाको बैठक सुचारु गर्न तीनदलका नेताहरू सहमत

काठमाडौं । प्रतिनिधिसभामा उत्पन्न गतिरोध हटाएर बैठक सुचारु गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्डको अग्रसरितामा शनिबार बसेको बैठकले माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मनिदरमा स्थापना गरिएको जलहरिका समबन्धमा व्यक्त गरेको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएसँगै बैठक सुचारु हुन लागेको हो ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

सहमतिसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनेछ । बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरिको विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले बताए । बैठकमा आगामी दिनमा पनि तथ्यहीन आरोपहरू संसदमा नउठाउन प्रधानमन्त्रीले सांसदहरूलाई अनुरोध गर्नेगरी आधिकारिक रूपमा आग्रह गर्ने सहमति पनि भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर