आज सुर्खेतमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिने

सुर्खेत । आज सुर्खेतमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ।

नागरिक अभिनन्दन ग्रहणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह अपराह्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने भएक हुन् ।

पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले जानकारी दिए । उनका अनुसार पूर्व राजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्।

अभिनन्दन कार्यक्रम पश्चात् देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर