डी मारियामाथि बार्सिलोनाको नजर

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया अनुबन्धको लागि चाँसो देखाएको छ ।

इटालीको न्युज रिपोर्ट अनुसार डी मारियालाई अनुबन्ध गर्न बार्सिलोनाले चाँसो देखाएको छ ।

बार्सिलोना यसै समरमा डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न चाहन्छ ।

डी मारिया इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका छन् ।

उनको सिरी ए क्लब युभेन्ट्ससंगको सम्झौता यसै समरमा सकिदैछ ।

मिडफिल्डर डी मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका थिए ।

३५ वर्षीय डी मारिया फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्ट्स आएका थिए ।

डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए ।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर