सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो लेगको नवौं चरण अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

जावलाखेल आज दशौँ जितको योजनामा हुनेछ । जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

एपीएफ आठौं जितको खोजीमा हुनेछ । एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज ११ औं जितको खोजीमा हुनेछ । चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

संकटा छैटौं जित चाहन्छ । संकटा २१ खेलमा २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आठौं जितको लक्ष्यमा हुनेछ । आर्मी २१ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

मछिन्द्र दशौँ जितको लक्ष्यमा रहेको छ । मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर