जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेको पार्टीले जनाएको छ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर