रेशम चौधरीको आममाफीसम्बन्धी फाइल फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको बुझिएको छ।

राष्ट्रपतिको पौडेलको सचिवालयका अनुसार कानुनी प्रक्रिया नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर