नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको बयान लिन सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । आज शुक्रबारदेखि पक्राउ परेका १६ जनाको बयान लिन सुरु हुने भएको हो ।

उनीहरूको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

एमालेका सांसद टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झण्डै २९ करोड रुपियाँ उठाइएको आरोप छ ।

यस प्रकरणमा १६ जना पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइने छ । १४ जना भने अझै फरार छन् । उनीहरू विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियहीत विरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर