अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बने

काठमाडौं । भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन् ।

आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो ।

भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन् । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा-अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन् ।

आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए ।

आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर