इनिस्टाले जापानी क्लब छाड्ने

काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान तथा मिडफिल्डर आन्द्रेस इनिस्टाले जापानी क्लब छाड्ने भएका छन् ।

स्पेनका पूर्व मिडफिल्डर इनिस्टाले जे लिग क्लब भिसेल कोबे छाड्ने भएका हुन् ।

३९ वर्षीय इनिस्टाले पाँच वर्षपछि जापानी क्लब छाड्न लागेका हुन् ।

इनिस्टाले जुलाई १ मा जापानी क्लबका लागि अन्तिम खेल खेल्ने बताईएको छ ।

जापानी क्लब छाडेपनि तत्काल सन्यास नलिने उनले बताएका छन् ।

इनिस्टा २०१८ मा बार्सिलोना छाडेर जापानी क्लब आएका थिए ।

इनिस्टाले जापानी क्लबको कप्तानी समेत सम्हालिरहेका छन् ।

बार्सिलोनामा २२ वर्ष बिताएका उनले क्याटलान क्लबका लागि ३२ उपाधि र ६७४ खेल खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर