युनाईटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गर्याे

काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

प्रिमियर लिग अन्तर्गत बिहीबार राति चेल्सीलाई ४-१ गोल अन्तरले हराउँदै युनाईटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

युनाईटेडको जितमा कासिमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस राषफोर्डले एक एक गोल गरे ।

चेल्सीका जोआ फेलिक्सले एक गोल फर्काए । यस जितसँगै युनाईटेड तेस्रो स्थान उक्लिएको छ ।

युनाईटेडले ३७ खेलमा ७२ अंक जोडेको छ ।

चेल्सी ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर