गुजरात र मुम्बई खेल्दै

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेलमा आज शुक्रबार खेल्दै छन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

साबिक विजेता गुजरात मुम्बईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो । गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नाईले फाइनलमा स्थान बनाईसकेको छ ।

मुम्बई पनि गुजरातलाई पराजित गरि सातौं पटक फाइनल प्रवेशको सोचमा रहेको छ । ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात आफैमा बलियो टोली रहेको छ ।

समूह चरणमा मुम्बई र गुजरातले दुई खेल खेलेका थिए । समूह चरणका एक खेलमा मुम्बई तथा एकमा गुजरात विजयी भएका थिए ।

दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

पहिलो क्वालिफायर विजेता चेन्नाई र दोस्रो क्वालिफायरको विजेता टोलीले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा विजेता बन्ने टोली १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर