बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको आज (बिहीबार) को बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए ।
सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरेका छन् ।
प्रतिक्रिया