रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

काठमाडौं । संवत् २०८० सालको रातो मच्छिन्द्रनाथको भोटो जात्रा बिहीबार सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेलबाट यही जेठ ८ गते जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो प्रदर्शन गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा हेर्न काठमाडौं उपत्यकामा रहेका आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर