युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी

काठमाडौं । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको बताएका हुन् ।

प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । युक्रेनले पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको प्रति आक्रमण रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत लखेट्ने उद्धेश्य रहेको हुनसक्ने पनि उनले बताएका छन् । रुस त्यसको प्रतिकार गर्न पूर्ण तयारीमा रहनुपर्ने उनको सुझाव छ ।

बाख्मतमा रुसले ब्यहोरेको यो क्षति सन् ८० दशकमा अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको सैनिक संख्या भन्दा ठूलो हो । मस्कोले भने बाख्मतमा ६ हजार सैनिक मात्रै मारिएको दावी गरेको छ ।

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले क्षति बढी भएको हुनसक्ने विश्लेषण गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर