महाराष्ट्रको पुना शहरमा भीषण आगलागी

काठमाडौं । भारतको महाराष्ट्रको पुना शहरमा बिहीबार बिहान भीषण आगलागी भएको छ ।

पुनाको भवानी पर्थ क्षेत्रमा बिहान ४ बजेको समयमा भएको आगलागीबाट कम्तिमा आधा दर्जन घर, दर्जनौं पसल र गोदामहरु जलेर नष्ट भएको प्रारम्भिक सूचनाहरुमा जनाइएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार आगो निभाउन डेढ दर्जन बढी दमकल प्रयोग गरिएको छ । करीब सय जनाको संख्यामा परिचालित अग्नि नियन्त्रकहरुले घरभित्र रहेका ग्यासका सिलिण्डरहरु बाहिर निकालेर आगो थप बढ्न नदिने कोशिस गरेका छन् ।

एउटा फर्निचर गोदामबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत बिवरण भने आउन बाँकी छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर