ब्राइटनसँगसिटी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

प्रिमियर लिगको च्याम्पियन बनिसकेको सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३८ औं मिनेटमा जुलियो एन्सिसकोले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै ब्राइटनले युरोपा लिगमा स्थान पक्का गरेको छ ।

ब्राइटन ३७ खेलमा ६२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिटी ३७ खेलमा ८९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर