काभा महिला भलिबल : भारतसँग हार्‍यो नेपाल

काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५-१२ २६-२४, २१-२५, २५-२१ को जित निकालेको हो ।

समूह  ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल समूह उपविजेता बन्यो । भारत समूह  ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूहमा भारतले तीन खेलबाट ९ र नेपालले ६ अङ्क बनायो । सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । भारतले समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर