भोलि भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो जात्रा बिहीबार देखाइने भएको छ । ललितपुरस्थित जाउलाखेलमा परम्परागत रूपमा देखाइने भोटो जात्राको अवसरमा गृहमन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट यही जेठ ८ गते अपराह्न तानेर जाउलाखेल पुर्‍याइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर