भारतमा नयाँ संसद भवन उद्घाटनलाई लिएर बबाल

काठमाडौं । भारतमा नयाँ संसद् भवन उद्घाटनको विषयलाई लिएर सरकार विपक्षबीच राजनीतिक द्वन्द्व सुरु भएको नयाँ भवनको यसै मे महिनाको २८ तारिखमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तयारी गरिएको छ ।

भारतका १९ विपक्षी दलले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उद्घाटन कार्यक्रम वहिष्कार गर्ने बताएका छन् । “संसद्बाट प्रजातन्त्रको आत्मा नै खोसिएपछि नयाँ भवनको कुनै मूल्य नदेखेको र नयाँ संसद भवनको उद्घाटन स्मरणीय पर्व भएको तथा यो सरकार लोकतन्त्रका लागि खतरा हो भन्ने हाम्रो विश्वास र नयाँ संसद् गठन भएको निरंकुश शैलीप्रति हाम्रो असन्तुष्टिको बावजुद, हामी मतभेदलाई हटाउन यो अवसर लिन तयार थियौं। तर राष्ट्रपति द्रौपदी मुर्मुलाई पूर्णतयाः बाइपास गर्दै नयाँ संसद भवनको व्यक्तिगत रूपमा उद्घाटन गर्ने प्रधानमन्त्री मोदीको निर्णय उहाँको अपमान मात्र होइन, हाम्रो लोकतन्त्रमा प्रत्यक्ष आक्रमण हो”, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, भारतको संविधानको धारा ७९ ले संघका लागि राष्ट्रपति र दुई सदनलाई क्रमशः राज्यसभा र लोकसभा भनेर चिनिने एउटा संसद रहने उल्लेख गरेको छ। राष्ट्रपति भारतमा राज्यको प्रमुख मात्र होइन, संसदको अभिन्न अंग पनि हो। विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (राष्ट्रपति) बिना संसद चल्न सक्दैन । यो अशोभनीय कार्यले संसद्को उच्च पदको अपमान गर्नुका साथै संविधानको आधारभूत मर्मविपरीत छ । यसले समावेशीको भावनालाई कमजोर बनाउँछ।” (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर