पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु

काठमाडौं । बाँकेका दुई युवतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। डुडुवा गाउँपालिका–४ स्थित सिधानियाघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।
प्रतिक्रिया