आइजिपी कुँवर र ओलीका स्वकीयसचिव बज्राचार्यको संलग्नता कति सत्य ? कति असत्य ?

काठमाडौं । अन्ततः नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको भूमिका शंकास्पद समाचार मूलधारको अनलाइन पत्रिकाहरूमा बुधबार बिहानदेखि नै प्रकाशन भइरहेको छ । आनलाइन समाचारमा आएका तथ्यहरूको नेपाल प्रहरीको केन्दीय सचिवालयले अहिलेसम्म खण्डन गर्ने प्रयास गरेको छैन ।

यही मेसोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले प्रस्ट रूपमा कसैको नाम उच्चारण नगरेता पनि उनको संसदीय विशेष छानविन समिति बनाउने माग तीनै शंकास्पद व्यक्तिहरूलाई तानेर ल्याउनुपर्नेतर्फ केन्द्रित भएको विश्लेषण गरिएको छ । लामिछानेले आज बुधबार प्रतिनिधिसभामा बोलेका “मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु रु यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा यो कदापि हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु’,’ भन्ने वक्तव्य उल्लेखनीय मात्र होइन, विशेष महत्वको रहेको नक्कली शरणार्थीको काण्डलाई नजिकबाट नियालिरहेकाहरू सगौरव बताउँछन् ।

उनीहरू नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, “ वर्तमान आइजिपी कुवँरलगायत डा. आरजु राणा, मञ्जु खाँण, एमाले अध्यक्ष ओलीनिकट उनका स्वकीयसचिव राजेश बज्राचार्यसमेत कयौं व्यक्ति संलग्न रहेको आशंका छ । तर यहाँ फासफुस गर्ने प्रयत्न हुँदैछ । त्यसकारण रविले आज संसदमा भनेको तीन राजनीतिक दलहरु खुसुर खुसुर बसेको कुरालाई आशंकाको घेरामा राखेको त्यसै होइन । यो सांकेतिक भाषामात्र हो ।”
उनीहरूका अनुसार रविको आजको संसदको अभिव्यक्तिपछि नक्कली भुटानी शरणार्थी प्रकरणले अर्कै मोड लिनेछ । यो प्रकरणलाई तीन दलले फासफुस गर्ने प्रयत्न गरेमा नेपालमा अवश्य पनि ठूलो राजनीतिक दुर्घटना निम्तिने प्रवल सम्भावना छ । सवाल मात्र समयको पखाई हो ।

यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला आइजिपी कुँवरले ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाइ उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको बताइएको छ । यो प्रकरणका मुख्य आरोपीद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थहरुका साथै उपाध्यक्ष रामबहादुर थापा बादल र उनकी पत्नीसहितको नाम लिएका हुन्।

आरोपी दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई छोरा प्रतीक र श्रीमती नैनकलामार्फत् रकम बुझाएको बयान दिएका छन्। उनले भनेका छन्, ‘बादलका छोरा प्रतीक थापामार्फत् मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रियसभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाइ मिति २०७६ साल असारमा १ करोड बुझिलिएको हो।’

यसैगरी सानु भण्डारीले तत्कालीन गृहसचिव राईलाई इन्द्रजीतमार्फत् १ करोड रुपैयाँ गाडीमा राखिदिएको बयान दिएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीयसचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीयसचिव लीला जिसीमार्फत् आफूलाई बोलाएर २०७६ साल असोजमा १ करोड नगद नै लिएको पनि उनले बयानमा दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर