बार्सिलोना रियल भालाडोलीडसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनालाई रियल भालाडोलीडले ३-१ गोल अन्तरले हराएको हो ।

भालाडोलीडको जितमा केली लारिन र गोन्जालो प्लाटाले एक एक गोल गरे ।

बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले एक आत्मघाती गोल गरे ।

यस्तै बार्सिलोनाका रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।

ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाको यो लगातार दोस्रो हार हो ।

बार्सिलोनाले ३६ खेलमा ८५ अंक जोडेको छ ।

भालाडोलीड ३८ अंक जोडेर १७ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर