पाकिस्तानमा आतंकी हमला : ४ सेनासहित ६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र खैबर पख्तुनख्वाको हांगु जिल्लामा रहेको एक निजी कम्पनीको ग्यास प्लान्टमा आतंकवादीले आक्रमण गरेका छन् । यस क्रममा धेरै गोलीबारी भएको थियो। दुवै पक्षबाट भएको गोली हानाहानमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ । यस क्रममा अन्य दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार आतंककारीहरूले निजी ग्यास प्लान्टमा आक्रमण गरेका थिए। यस क्रममा सुरक्षा बल र आतंककारीबीच गोली हानाहान भएको थियो । जसमा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार सुरक्षाकर्मी र दुई ग्यास प्लान्टका कामदार रहेका छन् ।

आक्रमणपछि सुरक्षा बल घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई सिल गरेको उनले बताए । आक्रमणमा संलग्न अपराधीलाई पक्राउ गर्न व्यापक खोजी अभियान सुरु गरिएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। (एजेन्सी)(तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर