आर्सनलका फरवार्ड बुकायो साकाले क्लबसँगको सम्झौता नवीकरण गरे

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड बुकायो साकाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

इंग्ल्यान्डका फरवार्ड साकाले मंगलबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।

नयाँ सम्झौतासँगै साका २०२७ सम्म आर्सनलमा रहने छन् ।

इंग्ल्यान्डका २१ वर्षीय फरवार्डको सम्झौता यसै सिजनको अन्त्यमा सकिदै थियो ।

साकाले यस सिजन आर्सनलका लागि १४ गोल र ११ असिस्ट गरेका छन् ।

२१ वर्षीय फरवार्डले आर्सनलका लागि १७८ खेल खेलिसकेका छन् ।

ुम निकै खुशी छु । मलाई लाग्छ मेरो लागि यो उपयुक्त क्लब हो,ु सम्झौतापछि उनले भनेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर