रौतहटमा चट्याङबाट एक महिलाको मृत्यु

काठमाडौं ।  रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीया श्रीमती प्रतिमा देवीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हावाहुरीसँगै आएको आँधीले बिउँ झर्दा किसानलाई असहज भएको छ भने अत्यधिक गर्मीबाट अलि राहत भएको स्थानीयवासीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर