राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले उक्त नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सांसदहरूको बहुमत रहेकाले पारित भएको अध्यक्षले घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुबै सदनको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि सांसदहरूले छलफलमा उठाइएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर