“सत्तापक्ष र प्रतिपक्षले समर्थन गरेको प्रधानमन्त्री सितिमिति भेटिँदैन्”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रियसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका हुन्।

‘सिमानाको सुरक्षाका लागि सरकार सँधै सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट छ। थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्शा र तथ्य प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध छ,’ उनले भने।

‘सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म। यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘९९.२५ प्रतिशत सांसदले समर्थन गरेको प्रधानमन्त्री भएको हुँ। त्यही प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर