कार्यकर्तालाई “जान्ने हुँ भन्ने नठान्न र घमण्ड नगर्न” ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई “जान्ने हुँ भन्ने नठान्न र घमण्ड नगर्न” सचेत गराएका छन् ।
आफ्नो पार्टीद्वारा मंगलबार आयोजित जनवर्गीय संगठनहरूको संयुक्त बैठकमा ओलीले सिक्ने र ज्ञान लिने काम कार्यकर्ता पंक्ति कहिल्यै छोड्न नहुने पनि उल्लेख गरे ।

“व्यक्तिले म जान्ने हुँ भन्ने ठानेपछि मान्छे सिद्धिन्छ। सिक्नुपर्छ, जान्नुपर्छ भन्ने लाग्न छोड्छ। जान्न छोड्यो, सिक्न छोड्यो भन्ने मान्छे मूर्ख र अज्ञानीमा परिणत हुन्छ। ओलीले भने, “एउटा बाटामा पानी ल्याएर राख्यो र त्यहाँ थपेन भने हावाले उडाएर सिद्धिन्छ। त्यसैगरी लगातार थपेन भने ज्ञान समाप्त हुन्छ।’
उनले पदका हिसाबले नभई क्षमता र कामले मान्छे नेता हुने बताउँदै भने, “खेलाडी पनि नहुने र प्रशिक्षक पनि हुन नसक्नेले खेल क्षेत्रमा के गर्छ ? त्यसकारण कुशल संगठक बन्ने अधिकसे अधिक प्रयास गर्नुप¥यो ।”

“पिएचडी गर्दा थेसिस लेखेर अहिले केही नलेख्ने हो भने सर्टिफिकेट जागिर खान मात्रै काम लाग्छ, ओलीले भने, ‘त्यो समाज डो¥याउन काम लाग्दैन।” उनले दशै दिशाबाट पार्टीलाई सिध्याउने गरी हमला भएको अवस्थामा पनि पार्टीलाई जोगाएर पुनर्जीवित र मजबुत बनाउन भूमिका खेलेकोमा पार्टी पंक्तिलाई धन्यवाद पनि दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर