नीति तथा कार्यक्रम पराम्परा धान्न मात्र ल्याइएको हो : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका छन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्वाकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने बताए ।

उनले भने, ‘‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो । र परम्परा धानिएको पनि छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्त्वाकाङ्क्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्नसक्थ्यौँ होला ।’’

सांसद वाग्लेले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताए । उनले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन आग्रह गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनःविचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘‘बजेटहरु अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने । तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु । पूर्वाधारकै नमुनामा पनि हामीले पुनःविचार गर्नुपर्‍यो । पूर्वतयारी, लागत, सञ्चालको ढाँचा इत्यादिमा हामीले नयाँ शिराबाट वहस गर्नुपर्ने हुन्छ ।’’ उनले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने विचार व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर