प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पायो पूर्णता, आज थपिए एक मन्त्री र राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एघारौंपटक सरकार विस्तार गरेका छन्।  प्रधानमन्त्री प्रचण्डले मंगलबार जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रालयमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेका छन्। यो सँगै २५ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर