गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स खेल्दै

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेलमा आज मंगलबार खेल्दै छन् ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामी क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

साबिक विजेता गुजरात चेन्नाईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ । चेन्नाई पनि गुजरातलाई पराजित गरि फाइनल प्रवेशको सोचमा रहेको छ । घरेलु मैदानमा खेल रहेकोले चेन्नाईलाई त्यहाँको वातावरणको साथ मिल्ने हुँदा चेन्नाई केही बलियो देखिन्छ ।

उता, समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात पनि आफैमा बलियो टोली रहेको छ । चेन्नाईविरुद्ध समूह चरणमा भएको एक मात्र खेलमा गुजरात विजयी भएको थियो ।

पहिलो क्वालिफायरको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर