इटालियन सिरी ‘ए’ फुटबल : युभेन्ट्सको १० अंक कटौती

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको १० अंक कटौती भएको छ । इटालीको फुटबल महासंघ (एफआईजीसी) ले युभेन्ट्सको १० अंक कटौती भएको जनाएको छ ।

अंक कटौतीसँगै युभेन्ट्स सातौं स्थानमा झरेको छ । र, युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ । यस अघि ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही स्वरूप १५ अंक कटौती गरिएको थियो ।

युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको बताईएको थियो । विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआईजीसीले जनाएको थियो । खेलकुद अदालतमा युभेन्ट्सको अपीलपछि यस अघि १५ अंक कटौती भने रद्द भएको थियो ।  युभेन्ट्सले ३६ खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्सले दुई खेल खेल्न बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर