न्युकासल–लेस्टर सिटीसँग गोलरहित बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब न्युकासलका मुख्य प्रशिक्षक एड्डी हाउले सिजनको सुरुआत गर्दा क्लबको लक्ष्य शीर्ष चार नरहेको बताएका छन् । प्रिमियर लिगको शीर्ष चार सुरक्षित गर्दै च्याम्पियन्स लिगमा छनोट भएपछि एड्डीले सो कुरा बताएका हुन् ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । त्यस बराबरीसँगै न्युकासलको शीर्ष चार पक्का भएको थियो । ‘हाम्रो अपेक्षा र योजना शीर्ष चार थिएन,’ उनले भनेका छन्,’ मलाई लाग्छ हामीले सधै आशा राख्नु पर्छ विश्वास राख्नु पर्छ र सपना देख्नुपर्छ ।’

८ नोभेम्बर २०२१ मा एड्डीले नेतृत्व सम्हाल्दा न्युकासल प्रिमियर लिगको १९ औं स्थानमा रहेको थियो । तर, लेस्टरसँगको बराबरीसँगै न्युकासलले आगामी सिजन च्याम्पियन्स लिग खेल्नेछ । न्युकासलले २० वर्षपछि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर