महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित

काठमाडौं । भारतले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जित दर्ता गरेको हो ।

यस जितसँगै भारतको सेमिफाइनल सम्भाबना बलियो भएको छ । आज नै हुने नेपाल र बंगलादेशबीचको खेलमा नेपाल विजयी भएमा भारत र नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताको बलियो टोलीका रुपमा रहेको भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । भारतले किर्गिस्तानलाई २५-१७,२५-८ र २५-८ ले हराएको हो । जितसँगै समूह ‘ए’ को भारतले ६ अंक सहित शीर्ष स्थानमा रहेको छ । भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर