अखिल नेपाल फुटबल संघको चर्को आलोचना

काठमाडौं । एएफसी यू–२३ एसिया कप छनोटमा नेपाली टिम सहभागी नगराउने निर्णयपछि अखिल नेपाल फुटबल संघको चर्को आलोचना सुरु भएको छ । अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि खेलिने छनोट प्रतियोगितामा एन्फाले नेपालको नाम समावेश गरेन । आर्थिक अभावको कारण देखाउँदै एन्फाले नाम समावेश नगरेपछि सोमबार सार्वजनीक सहभागी टिममा नेपालको नाम थिएन । एएफसीले सहभागी देशको वरियताका आधारमा सोमबार छनोट प्रतियोगिताको विस्तृत विवरण सार्वजनीक गरेको छ । प्रतियोगिताको ‘ड्र’ आगामी बिहीबार हुदैछ ।

छनोट प्रतियोगितामा ४३ टिम खेल्ने भएका छन् । सेप्टेम्बर ४ देखि १२ सम्म ११ मैदानमा प्रतियोगिताका छनोट खेल हुनेछन् । सहभागी टिमहरु मध्य चार-चार टिम समावेश गरेर १० वटा समूह र तीन टिम सहभागी गराएर अन्तिम एक समूह तयार गरिनेछ । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर