खुँडा प्रहार गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ

काठमाडौं । शंखमुलस्थित सार्वजनिकस्थलमा २ किशोरमाथि खुँडा प्रहार भएको छ। खुँडा प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अछामको कमलबजार घर भइ काठमाडौं कलंकी बस्ने २१ वर्षीय विशाल खड्का, सुर्खेतको वीरेन्द्रनगर–१ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय लोकेन्द्र विष्ट र कैलालीको टीकापुर–५ घर भइ काठमाडौं बल्खु बस्ने २३ वर्षीय चरण विष्ट छन्।

जेठ ७ गते साँझ साढे ६ बजेतिर शंखमुलमा कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुर घर भइ काठमाडौं बुद्धनगर बस्दै आएका १९ वर्षीय जगत शाही र कैलालीको टीकापुर नगरपालिका–१ घर भइ बुद्धनगर नै बस्दै आएका १८ वर्षीय प्रकाश शाहीमाथि खुँडा प्रहार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर