मधेश प्रदेश मन्त्रीमण्डलको विस्तार

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिने छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कांग्रेसकै वीरेन्द्र सिंहलाई दिइएको छ ।

यस्तै, नेकपा एसका गोविन्दबहादुर न्यौपाने पनि मन्त्री मण्डलमा सहभागी भएका छन् । उनलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्द्र थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर